उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक


काठमाडौँ – निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार शनिबार (भोलि) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

भोलि नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

२८ गते उजुरीउपर जाँचबुझ गरी निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । चैत ३ गते मतदान हुनेछ । आयोगका अनुसार मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया