जर्मनीमा चल्यो गोली, ६ जनाको मृत्यु, केही घाइते


जर्मन – जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जना मारिएका छन् ।

इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ह्याम्बर्गकै ग्रस ब्रोस्टल भन्ने स्थानमा पनि गोली चल्दा केही मानिस घाइते भएका छन् ।

यो घटनाको उद्देश्य अझै यकिन हुन नसकेको प्रहरी प्रवक्ता होल्गर भेरेनले बताएका छन् ।

प्रतिक्रिया