आईसीसी विश्वकप लिग टूः आज युएई र पीएनजी भिड्दै


काठमाडौं — आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज शुक्रबार यूएई र पपुवा न्यु गिनी (पीएनजी) बीच खेल हुँदैछ ।

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्न चाहान्छ । बिहिबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।

सिरिजमा पहिलो खेल खेल्न लागेको यूएई भने जितका साथ यो सिरिजको सुरुआत गर्न चाहान्छ । तर,घरेलु मैदानमा यूएईलाई सहज रुपले पराजित गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन ।

विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ ।

यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया