


प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाई

काठमाडौं — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेपनि पछि हेर्न नभ्याइने सूचीमा परेको थियो ।
०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।
उक्त अभिव्यक्तिविरुद्ध उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

