राष्ट्रपति निर्वाचन : मतपरिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाइने


काठमाडाैं – निर्वाचन आयोगले बिहीवार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

आयोगले बिहीवार भएको राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको जनाउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैमा धन्यवाद दिएको छ ।

प्रतिक्रिया