राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई देउवाले दिए बधाई


काठमाडाैं – राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना र बधाई दिँदै, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई’ लेखेका छन्

आज भएको भएको राष्ट्रपति निर्वाचनमा उनले नेकपा एमालेका उपाध्यक्ष सुवा नेम्वाङलाई पराजित गरेका हुन्। पाैडेलले ३३,८०२ मत प्राप्त गर्दा नेम्वाङले १५,५१८ मत पाए ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ तथा प्रदेशसभाका ८१८ सदस्यले भोट हालेका थिए ।

संघीय संसद्का प्रतिसांसद मतभार ७९ र प्रदेशसभाका सांसदको प्रतिसांसद मतभार ४८ तोकिएको थियो । पौडेल २०५१ सालको निर्वाचनपछि सभामुख भएका थिए । नेम्वाङ पनि संविधानसभाका पूर्वअध्यक्ष एवं पूर्व सभामुख हुन् ।

प्रतिक्रिया