राजनीतिमा कांग्रेस र एमालेको सरकार असम्भव छैन : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार असम्भव नरहेको बताएका छन् ।

बिहीबार राष्ट्रपतिको चुनावमा मतदान गरेपछि सञ्चारकर्मीसँग ओलीले यस्तो बताएका हुन् । राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने उनको भनाई थियो ।

ओलीले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’

 

 

प्रतिक्रिया