आशिफले हाने करियरकै पहिलो शतक, नेपालको उत्कृष्ट ब्याटिङ


काठमाडौं — विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक प्रहार गरेका छन् ।

करिअरको पहिलो शतक हान्दै आशिफ १ सय १ बलमा १० चौका र २ छक्काको मद्दतमा सय रन पुरा गरे । उनले ११० बलमा ११० रन बनाउँदै आउट भए ।

आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारी गरेका थिए । उनले शतक पुरा गर्दा कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे ।

एक दिवसीय करियरको पहिलो शतक प्रहार गरेसँगै आसिफ नेपालका लागि ओडीआईमा शतक बनाउने पाँचौँ खेलाडी बने ।

यसअघि, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक बनाएका थिए ।

सन् २०२१मा सेप्टेम्बर ७ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ इनिङ खेलेका छन् ।

अहिले नेपालले ५ विकेटको क्षतिमा ३९ ओभरमा २१३ रन बनाएर खेलि रहेको छ । अहिले नेपालका तर्फबाट भिम सार्की र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया