महेश बस्नेतको घरमा मेयर बालेनको लञ्च मिटिङ !


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चर्को आलोचकका रुपमा रहेका एमाले नेता महेश बस्नेतसँग भेट गरेका छन् । मेयर बालेन बस्नेतसँगको भेटका लागि बुधबार बस्नेत निवास पुगेका हुन् ।

नेता बस्नेतको घर भक्तपुर बुधबार पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरी सँगै खाना खाएर छुटेकाे जनाइएकाे छ  ।

विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए। उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो।’

मेयर बालेन भक्तपुर पुगेर विभिन्न योजनाको निरिक्षण गरेर बस्नेतकै घरमा सँगै खाना खाएको पनि बस्नेतले जनाए ।

मेयर बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए।

प्रतिक्रिया