

महिलाहरुले मात्रै सम्हालेको विमान त्रिभुवन विमानस्थलमा अतवरण

काठमाडौं — महिलाहरुलेमात्रै उडान भरेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
काठमाडौंको आकाशमा बादल लागिसकेपछिको अवस्थामा एकपटक इचंगुनारायण क्षेत्रमा एक फन्को मारेर विमानस्थलमा अवतरण गरेको हो ।
आरएनए २३० नम्बरको उडानमा नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरुले मात्रै अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफनो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।
यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिए पनि मौसमका कारण १० बजेर ३५ मिनेटमा मात्र अवतरण गरेको निगमले जनाएको छ ।
नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन्।
यसअघि दुबइ काठमाडौंका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।

