

अञ्जनलाई वर्ष पुरूष खेलाडीको अवार्ड

काठमाडौं – १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष पुरूष खेलाडीको अवार्ड फुटबलका अञ्जन विष्टले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच विष्टलाई वर्ष पुरूष खेलाडी अवार्ड प्रदान गरिएको हो ।
पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै यो अवार्ड जिते ।

