राष्ट्रपति निर्वाचनमा एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई भोट : प्र‍ेम सुवाल


भक्तपुर – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताएका छन् ।

यसका लागि राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उनले बताए ।

उनले राष्ट्रपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए ।

दुवै राष्ट्रपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले बताए ।

प्रतिक्रिया