


राजमो बागलुङको अध्यक्षमा ढुंगाना चयन

बागलुङ – नेकपा मसालको चुनावी मोर्चा ९राष्ट्रिय जनमोर्चा० बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन् । सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
अधिवेसनले खिमबिक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोसरएका छन् । सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।
राजमो नेकपा मसालको चुनावी मोर्चा हो । दुई पार्टी एक नीति चलाएको राजमो बागलुङको यसअघिका तीन अधिबेशनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो । बागलुङमा अन्य पार्टीहरुमा जस्तै राजमोमा पनि नेतृत्व युवापुस्तामा हस्तान्तरण भएको छ । बागलुङमा क्रियाशिल नेकपा एमाले, नेपाली कांग्रेस, माओबादी केन्द्रमा पनि युवापुस्ताले नेतृत्व पाएका छन् । लामो समयपछि राजमोले नेतृत्व परिवर्तन गरेको हो ।
अधिवेसनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको बैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुंगो लगाएको छ । यसअघिका अध्यक्ष थापासहित ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको अध्यक्ष ढुंगानाले बताए ।
जिल्ला कमिटि सदस्यहरुमा कृष्ण पौडेल, नेत्र बहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिल बहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरि बहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, बिष्णु बस्नेत, पनबहादुर बिक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टिकासंगम बिक, खडक बिक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान बिक चयन भएका छन् ।
बैकल्पिक जिल्ला सदस्यमा प्रेम प्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन भएका छन् ।
यस्तै, सल्लाहकारहरुमा अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आर।सी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टिकाराम शर्मा चयन भएका छन् ।

