

प्रधानमन्त्रीलाई नेतृ पालको अनुरोध- ‘संघीयता र प्रदेश खारेज गरौं’

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री निरु पालले संघीयता र प्रदेश खारेज गर्नुपर्ने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोधसहित लेख्दै नेत्री पालले संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने बताउँदै तुरुन्त संघीयता र प्रदेश खारेज गर्नुपर्ने अभिमत राखेकी छिन् ।
उनले अगाडि लेखेकी छिन्, तलब र भत्तामै देशको ढुकुटी नसिध्याउन अनुरोध गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग समेत गरेकी छिन् ।
उनको फेसबुक स्टाटसः
सम्माननीय प्रधानज्युलाई फेरीपनी मेरो अनुरोध छ !!! मलाई पार्टीले कार्वाही गरेपनि गरोस कुनैदिन टिकट पायछु र जनताले हरायछन भनेपनि ठिकैछ सहुला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भयको मुलुक। प्रत्येक नेपालीको टाउकोमा बिदेसिको रिन छ तसर्थ प्रधानमन्त्री ज्यु यो संघियता नामकोे सेतो हात्ति हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री कोहि प्रदेस मन्त्री कोहि सांसद छौ तलब भत्तामै देशको ढुकुटि न सिद्यायौ जनताले चाहेको अधिकारको बिकेन्द्रिकरण हो बरु स्थानिय तहलाई थप अधिकार सम्मपन्न बनाऔ जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पुर्याऔ।तर प्रदेश सरकार खारेज गरौ !!प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने ब्यबस्था गरौ सम्माननिय प्रधानमन्त्री ज्यु !! तर हाम्रो मुलुक ले यत्रो तामझाम बेहोर्न सक्दैन नेताहरुको सुरक्षा पनि कटौती गरौ सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लीयर जनतामा जादा राम्रो हुनेछ। मेरो अनुरोुध हजुरलाई !!

