नमोबुद्ध केन्द्रबिन्दु भई ४.१ को भूकम्प गयो


काभ्रे – काभ्रेको नमोबुद्ध केन्द्रबिन्दु भई भुईँचालो गएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं. १ सिमलचौर श्यामपाटी केन्द्रविन्दु भएर बिहान ८ बजेर ३ मिेनेट जाँदा ४.१ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएको श्यामपाटीका ऋषि पाण्डेले जनाए । उनले भने, ‘म चिया खाएर बसिरहँदा आवाजसहितको भूकम्प आयो, आखिर यहीँ पो रहेछ केन्दबिन्दु ।’ भूकम्पबाट खासै क्षति नभएको पनि उनले जनाएका छन् ।

प्रतिक्रिया