नेपाललाई दोस्रो झट्का, भुर्तेल पहिलो बलमा आउट हुँदा ज्ञानेन्द्र ६ रनमा आउट


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपाललाइ दोस्रो झड्का लागेको छ ।

नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्। त्यसलगत्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाउँदै आउट भए । उनी टिमको स्कोर १४ रन हुँदा ४.५ ओभरमा सेमो कामियाको बलमा क्याच आउट भएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पीएजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बनाएको हो।

यस क्रममा पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई विकेट लिएका थिए।

आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडीआई सिरिजका बाँकी खेलमा नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया