


नेपाललाई १८० रनको लक्ष्य

काठमाडौं – नेपालले पपुवान्युगिनिविरुद्ध जितका लागि १८० रनको लक्ष्य पाएको छ ।
युएईमा जारी त्रिकोणात्मक सिरिजमा टस जितेर ब्याटिङ गरेको पपुवान्युगिनीले ४९.२ ओभरमा १७९ रन बनाएको छ ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १/१ विकेट लिएका छन् । पपुवान्युगिनीका ३ जना ब्याट्सम्यान रनआउट भएका थिए ।
नेपालको बलिङमा सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिएर दुई विकेट लिए ।
पिएनजीका लागि टोनी उराले ३९ रन बनाएका थिए भने किप्लिन डोरिजाले २६ रन बनाए भने सेसे बाउ ११ रनमा आउट भए । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा गोडी टोकाले १५ रन बनाएका छन् ।

