तिवारी बने त्रिभुवन विमानस्थलका महाप्रबन्धक, गौतमबुद्धमा पाण्डेलाई जिम्मेवारी


काठमाडौं – नेपालका प्रमुख दुई अन्तर्राष्ट्रिय विमानस्थलमा खाली रहेको महाप्रबन्धकमा सरकारले जिम्मेवारी तोकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए।

हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए। उनीहरूलाई शुक्रबार सरकारले उक्त जिम्मेवारी दिएको हो।

प्रतिक्रिया