


‘ठूलो–ठूलो जुरो भएका नेताहरू कुरा नबुझेर सडकमा हल्लिरहेका छन्’

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेका टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुरा नबुझ्नेहरू सडकमा हल्लिएका बताए ।
‘ठूलो–ठूलो जुरो भएका नेताहरू किसानका कुरा बुझ्दैनन्, तपाईंले बुझेको कुरा नबुझेकाहरू सडकमा हल्लिरहेका छन्,’ ओलीले भने, ‘उहाँहरू प्रतिगमन देखिरहनुभएको छ, प्रतिगमन होइन जागरण भएको छ, किसान आन्दोलनले जागरण ल्याएको छ ।’
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड(नेपाल पक्षले सडक आन्दोलन गर्दै आएको छ ।
यसबीचमा भएको संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड(नेपाल पक्षले बिहीवार आमहड्तालको आह्वानसमेत गरेको छ । त्यसैप्रति संकेत गर्दै ओलीले कटाक्ष गरेका हुन् ।
ओलीले आफूले घाँस काट्ने, हलो जोत्ने सबै अनुभव लिएको समेत बताएका छन् ।

