

चितुवाको आक्रमणबाट एक पुरुष घाइते

गोरखा – गोरखामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । पालुङ्टार नगरपालिका-८ दुभारका ६२ वर्षीय रामकुमार कुमाल जंगलमा गाईवस्तु चराउन गएका बेला चितुवाको आक्रमणबाट घाइते भएका स्थानीय शंकर कँडेलले जानकारी दिए।
उनको टाउको, छाती र पाखुरामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।
एक महिलालाई लखेट्दै गरेको देखेर कुमालले चितुवालाई ढुंगाले हानेपछि महिलालाई छाडेर चितुवाले पुरुषलाई झम्टिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गोठालो गएका अरू पुरुषहरू पनि धुरिएपछि चितुवा त्यहाँबाट भागेको थियो।

