

नेप्से ८ अंकले बढ्यो, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ८.३४ अंकले बढेको छ। बढेको बजार २४७५.२७ विन्दुमा पुगेर रोकिएको हो। आज २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोडमाथिको शेयर कारोबार भएको छ ।
बैंकिङ, होटल्स, विकास बैंक, फाइनान्स, जीवन बीमा समुह र म्युचअल फण्ड उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको २४ करोडमाथिको शेयर कारोबार भएको छ ।
ग्लोबल आईएमई बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भचएको छ । त्यस्तै, आज सबैभन्दा धेरै सूर्यादय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमालव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।

