सन्दीपको शानदार प्रदर्शनका बाबजुद युएईसँग नेपाल पराजित


युएई – नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईसँग लज्जापद हार ब्यहोरेको छ । युएईमा जारी आईसीसी विश्वकप डिभिजन–२ को २०७ रनको लक्ष्य पछ्याएको नेपालले ६८ रनको हार ब्यहोरेको छ ।

टस जितेर फिल्डिङ गरेको नेपालले सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै ५० ओभरमा दुबईले २०७ रन बनाउँदा ८ विकेट गुमाएको थियो ।

त्यसपछि २०८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले बिर्सनलायक प्रदर्शन गरेपछि ३१.५ ओभरमा १३९ रनमै समेटिएपछि युएईले महत्वपूर्ण मानिएको खेलमा जित हात पारेको हो ।

नेपालका कुशल भुर्तेल ५ रन बनाउँदै आउट भएका थिए । त्यसपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ६ बलमा ० शुन्य रन बनाउँदै आउट भएपछि कप्तान रोहित पौडेल पनि बिना कुनै रन आउट भए । त्यसपछि कुशल भुर्तेल र आशिफ शेखले केही आशा जगाए पनि उनीहरुले सम्हालिएर खेल्न नसक्दा नेपाली पारी ध्वस्त भयो ।

नेपालका लागि कुशल मल्लले उत्कृष्ट पारी खेल्दै ५३ बलमा ६० रन आए पनि अर्को इन्डबाट साथ नपाउँदा उनले पनि धैर्यता गुमाए । ९चौका र १ छक्का हानिसकेका मल्लले अर्को चौका हान्ने चक्करमा आप्mनो विकेट गुमाए । नेपालका आरिफ शेखले १० बलमा बिना कुनै रन आउट भएका थिए ।

केही आशा गरिएका दीपेन्द्र सिं एइेरी पनि ७ रनमा आउट भएपछि नेपालको आशा सकिएको थियो । नेपालका लागि गुल्सन झा र सोमपाल कामीले ४-४ रन बनाए भने अन्तिममा करण केसीले ५ रन बनाए भने सन्दीप लामिछाने २६ रनमा नटआउट रहे ।

सन्दीपले अन्तिममा आएर केही रोमाञ्चकता थपे पनि त्यो नेपाललाइ जित दिलाउन पर्याप्त भएन ।

त्यसअघि सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएपछि युएई २०७ रनमा समेटिएको थियो ।

नेपालका लागि करण केसी, आरिफ शेख र कुशल मल्लले १-१ विकेट लिएका थिए भने दुईजना खेलाडी रनआउट भएका थिए ।

युएईका लागि अशिफ खानले ७२ रन बनाएका थिए भने रोहन मुस्तफाले ५२ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यसैगरी अर्याल लार्काले २८ रन बनाउँदा चुन्दनगापोली रिजवानले २२ रन बनाए भने भृतया अरविन्दले १८ रन बनाए ।

यससँगै युएई र नेपालले खेलेका २९ खेलमा युएईले ३१ अंक जोडेको छ भने नेपालले २८ अंक जोडेर अन्तिमबाट दोस्रो स्थानमा रहेको छ । नेपालले अब अर्को खेल पपुवान्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया