

सिरहामा तीन किलो गाँजासहित दुई समातिए

सिरहा – गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

