

मर्स्याङ्दीको किनारमा स्कुटर छाडेर सम्पर्कविहिन घिमिरेको शव फेला

तनहुँ – तनहुँ जिल्लाकोे आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदिमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ ।
सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्क विहिन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो ।
सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

