

यू–१९ विश्वकप छनोटः नेपाल र मलेशियाको खेल सुरू, मलेशियाले पहिले ब्याटिङ गर्दै

युएई — यू—१९ को खेलमा मलेशियाले टस जित्दै ब्याटिङ गर्ने निर्णय लिएको छ ।
लगातार चौथो जितको लक्ष्यसहित नेपालले फिल्डिङ गरेको छ ।
पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।
मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । अन्तिम खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपाली टिमः
देव खनाल ९कप्तान०, आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा , दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द

