संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले ई–टिकेटिङ सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सङ्ग्रहालय स्थापना दिवसको अपलक्ष्यमा आज मंगलबार दिउँसो आयोजना हुने कार्यक्रममा सङ्ग्रहालयका सबै पूर्वप्रमुखलगायतको उपस्थिति रहनेछ ।


नारायणहिटी संग्रहालयमा आजबाट इ–टिकट

काठमाडौं — नारायणहिटी सङ्ग्रहालय तथा नारायणहिटी दरबार सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज मंगलबारबाट ई–टिकेटिङ सेवा शुरू गर्ने भएको छ । सङ्ग्रहालय स्थापना भएको १४ वर्ष पूरा गरी १५ वर्षमा पुगेको अवसरमा ई–टिकेटिङ सेवा शुरू गर्न लागेको हो ।
नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।
पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए ।
त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटन गरेका थिए । सोही वर्ष फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालयको उद्घाटन गरेका थिए ।
त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । पछिल्लो समय सार्क मुलुकका पर्यटकको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । नेपालमा आउने भारतीय मुलुकको पर्यटकमध्ये अधिकांशले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । समितिले सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने व्यवस्था छ ।
सङ्ग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
समितिले सोही टिकटको आधारमा स्वर्गीय राजा वीरेन्द्रको निजी निवास श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न मिल्ने व्यवस्था गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

