मच्छिन्द्र क्लब केपी ओली कपको फाइनलमा प्रवेश


काठमाडौं– राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिमा मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो।

एन्फा कम्प्लेक्समा मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे। विमलले खेलको १९ औं मिनेटमा गोल गरेका थिए।

अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ। फाइनल खेल बुधबार हुनेछ। सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगेको हो।

प्रतिक्रिया