प्रतिनिधि सभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गरिने


काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ ।

शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

यसैबीच आजै दिउँसो साढे १२ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया