
बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो
काडमाडौं – केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ। त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ । आयाेजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ ।
आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको भएको थिएन ।



कागजपत्र |
