विश्व क्यान्सर दिवसः यी हुन् क्यान्सर पीडितले खानुपर्ने ७ खानेकुरा


काठमाडौं – क्यान्सरलाई पछिल्लो समयमा सबैभन्दा भयंकर रोग मानिन्छ । विश्वभर नै हरेक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रुपमा मनाइने गरेको छ ।

खानेकुराले क्यान्सरबाट बचाउने नभएता पनि केही हदसम्म क्यान्सरको प्रभाव भने कम गराउँछ । यहाँ क्यान्सर प्रभाव कम गर्ने केही खानाको वर्णन गरिएको छ ।

रंगीन फलफूल तथा तरकारीः फलफूल तथा तरकारी हरेक रोगसँग लड्नका लागि भिटामिन प्रदान गर्दछ । तर, हामीले खानामा प्राकृतिक रुपमा नै फरक रंग भएका फलफूल वा तरकारीको प्रयोग गरेमा क्यान्सरको सम्भवना कम गराउने मानिएको छ । आफ्नो खानामा विशेष गरी गाढा रातो, हरियो र नारंगी रंगको तरकारी एवं फलफूलको प्रयोग गर्नु क्यान्सरको लागि लाभदायी मानिन्छ ।

कई रंग वाले फल और सब्जियां

टमाटरः अध्ययनका अनुसार टमाटरमा पाइने लाइकोपीन प्रोस्टेट भन्ने तत्वले क्यान्सरबाट बचाउनका लागि सहयोग गर्दछ । यसका साथै टमाटरबाट बनेका जुुस, ससलगायतका खाद्य पदार्थले क्यान्सरबाट लड्नका लागि सहयता गर्दछ ।

टमाटर

ग्रीन टीः ग्रीन टी क्यान्सरबाट बच्नका लागि ज्यादै उपयुक्त हुने मानिएको छ । ग्रीन टीले लिभर, स्तन वा प्रोस्टेट सेल्सको क्यान्सरका लागि उपयुक्त हुने जनाइएको छ । ग्रीन टी छाला, पेट अथवा आमाशयको क्यान्सरबाट बच्नका लागि सहयोगी सिद्ध हुने अध्ययनमा देखिएको छ ।

ग्रीन टी

अंगुरः अंगुरमा पाइने रेसवेराट्रोल नामक तत्वले क्यान्सरका कारण नष्ट हुने कोशिकाहरुलाई बचाउँछ ।

अंगूर

पानी अथवा तरल पदार्थः पानी तिर्खा मेट्नका लागि मात्र नभई विभिन्न रोगबाट बच्नका लागि पनि उपयुक्त पदार्थ हो । पानीले पिसाब थैलीमा हुने क्यान्सरबाट बचाउने जनाइएको छ ।

पानी और अन्य फ्लूइड

राज्माः राज्मामा पनि क्यान्सरविरुद्धको गुण पाइन्छ । राज्मामा हुने फाइटोकेमिकलले क्यान्सरले नष्ट गर्ने कोशिकाको रक्षा गर्दछ । राज्मामा पाइने पोषक तत्वले विभिन्न किसिमको ट्युमरलाई बढ्नबाट रोक्न मद्दत गर्दछ ।

राजमा

काउली/ब्रोकाउलीः काउली, ब्रोकाउली अथवा बन्दा गोभीमा पाइने पोषक तत्वले क्यान्सर विरुद्ध लड्ने शक्ति प्रदान गर्दछ । यिनीहरुलाई हल्का फ्राइ गरेर वा सलादको रुपमा प्रयोग गरिएमा यसमा भएका भिटामिनहरु नष्ट नभई क्यान्सरविरुद्ध लड्न सक्षम हुने अध्ययनहरुबाट देखिएको छ ।

गोभी-

प्रतिक्रिया