सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै


काठमाडौं — नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुने भएको छ ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाले आजका लागि पेसी तोकेका हुन् ।

आज सन्दीपको विदेश जान पाउनुपर्ने सन्दीपको मागका साथै सरकारी वकिल कार्यालयले दिएको निवेदन उपचार सुनुवाई हुने भएको छ ।

सर्वोच्चले आज सन्दीपलाई विदेश खेल्न जान पाउने अनुमति दिएको खण्डमा भोली उनी युएई जाने बताइएको छ । नेपाली राष्ट्रिय टिम यसअघि शनिबार नै युएई प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया