


बालुवाटारपछि शीतल निवास पुगे एमाले अध्यक्ष ओली

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेको स्रोतले बताएको छ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले राष्ट्रपतिसँग छलफल गरेका हुन्।

