सन्दीपको मुद्दामा सुनुवाई सुरु


काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा उक्त मुद्दाको १६ नम्बरमा पेसी चढेको उक्त मुद्दामा भर्खरैबाट सुनुवाई सुरु भएको छ ।

उच्च अदालतले धरौटीमा छाड्ने फैसला गरेपछि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सन्दीपले विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । यो निवेदनलाई पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।

यदि सन्दीपलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको खण्डमा युएईमा हुने प्रतियोगिताका लागि अरु नेपाली टोलीसँगै भोली उनी पनि युएई लाग्नेछन् ।

 

प्रतिक्रिया