
सिके राउत र महन्थ पनि पुरानो गठबन्धनमा !
काठमाडौं — शुक्रबार साँझ पाँच बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ ।
राष्ट्रपतिबारे छलफल गर्न बसेको बालुवाटार बैठक सकारात्मकरूपमा अगाडि बढेपछि जनमत र लोसपालाई पनि बैठकमा सामेल गराउन लागिएको हो ।
अहिले बसेको बैठकमा राष्ट्रपतिमा एमालेबाहेकको सहमति जुटाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका छन् । त्यसका लागि अब केही बेर राजनीतिक दलहरुले पार्टीभित्र आन्तरिक छलफल गर्ने र त्यसपछि अन्तिम निर्णयका लागि साँझ ५ बजे पुनः बैठक बस्ने जानकारी उनले गराएका हुन् ।
बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससँग बसेको थियो ।



कागजपत्र |
