देशभर थप १ जनामा कोरोना पुष्टी


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३२ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

१२१ जनाको पीसीआर र ७११ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ संक्रमणमुक्त भएका छैनन् ।

११ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका १८६३ जनाले कोरोना विरूद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया