
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न राप्रपा केन्द्रीय समिति बैठक भोली बस्ने
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
भोली (शुक्रबार) दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने उनले बताए ।
राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपाले राष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गरेको छैन ।



कागजपत्र |
