काँग्रेस कार्यसम्पादन समितिको बैठक अनिश्चित


काठमाडौँ – नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक अनिश्चित भएको छ।

बैठक बिहीबार बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भनिएको थियो। बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुने जनाइएको थियो।

बैठक बस्नेबारे अन्योल रहेको एक नेताले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यति बेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

प्रतिक्रिया