बिर्तामोडको कुर्मुरे उद्योगमा भीषण आगलागी


झापा – झापाको बिर्तामोड नगरपालिका–२ लालमाटीमा रहेको कुर्मुरे तथा चीज बल्स बनाउने उद्योगमा आगलागी भएको छ। श्याम फुड एन्ड बेवरेजेज फ्याक्ट्रीमा बुधबार मध्यरातमा भीषण आगलागी भएको हो ।

लालमाटि स्थित अर्जुनधारा–८ निवासी नवीन घतानीको सञ्चालन गरेको कुरकुरे, स्न्याक्स, चिज बल बनाउने फ्याक्ट्रीमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

बुधवार राति करिब ११ बजेर ४० मिनेटमा आगो लागेको थियो । आगो निभाउन बिर्तामोड, भद्रपुर, दमक तथा मेचीनगर नगरपालिकाका दमकल बोलाइएको थियो। आगो समयमा नियन्त्रणमा नआउँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट १५ कट्ठामा फैलिएको फ्याक्ट्रीमा रहेका मेसिनरी सामान, कच्चा पदार्थ, तयारी सामान सम्पूर्ण जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण नआए पनि करोडौँ मूल्य बराबरीको नोक्सानी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया