कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु हुँदैनः महामन्त्री शर्मा


काठमाडौं — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउबालाई राष्ट्रपति बनाउन नहुने तर्क गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी र भेटघाट बाक्लिइरहेको बेला बुधवार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले दलीय हिसाबले सभापतिलाई राष्ट्रपति बनाउने बिषय उपयुक्त भएपनि कार्यकारी भइसकेका ब्यक्तिलाई राष्ट्रपति बनाउन नहुने तर्क अघि सारेका हुन् ।

‘सभापतिलाई राष्ट्रपति बनाएर वरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलीय दृष्टिले मेरो प्रस्ताव उचित’ महामन्त्री शर्माले भनेका छन, ‘तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त साथीहरूको यो विश्लेषण बढी परिपक्व छ ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिका लागि सभापति देउवा स्वयं वा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलामध्ये एकजनाको निर्णय गरेर आउन आग्रह गरिरहेको बेला शर्माको यो भनाई आएको हो ।

प्रतिक्रिया