मैले कति योगदान गर्न सकें थाहा छैन, तर मेरो देशले क्रिकेट जितेको छः सन्दीप लामिछाने


काठमाडौं – आइसिसी लिग–२ अन्तर्गत नेपाल–स्कटल्यान्ड–नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला क्लिनस्विप गरेपछि  नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले  सबैमा आभार प्रकट गरेका छन्।

नेपालले ४ वटै महत्वपूर्ण खेल जितेको थियो। उक्त ४ खेलमा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए।

सन्दीपले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले कति योगदान गर्न सकें थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ, यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु।’

टि २ लिगका अन्य खेल आगामी साताबाट दुबईमा हुँदैछ। त्यसका लागि नेपाली टोली १३ गते युएई जाने तालिका रहेको छ । अहिलेसम्म अदालतको आदेशका कारण सन्दीप युएई जाने टिममा जान नपाउने भएता पनि सर्वोच्चको १२ गते हुने पेसीको आदेशबाट सन्दीपलाई विदेश गई क्रिकेट खेल्ने बाटो खुल्नेछ भन्ने क्रिकेटप्रेमीहरुले विश्वास लिएका छन् ।

सम्पन्न सिरिजमा उत्कृष्ट खेल खेलेका सन्दीपको प्रदर्शन नै नेपाली क्रिकेटको भविष्यको निर्णायक रहेको भन्दै अदालतले सन्दीपलाई विदेशमा गएर क्रिकेट खेल्न पाउनेगरी आदेश दिनुपर्ने खेलप्रेमीहरुले जनाएका छन् ।

प्रतिक्रिया