ओलीले पश्चाताप गरेर पछि हटेनन् भने अहिलेसम्मकै ठूलो जनआन्दोलन हुन्छ : प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताबाट ठूलो आन्दोलन हुने बताएका छन्।

‘फागुनको पहिलो सातापछि संयुक्त जनआन्दोलन हुन्छ अनि ओलीको आयु सकिन्छ,’ हड्ताल सफल पार्न भन्दै सडकमा उत्रिएका प्रचण्डले भने, ‘यदि ओलीले पश्चाताप गरेर पछि हटेनन् भने जनआन्दोलन नै हुन्छ। अहिलेसम्मकै ठूलो जनआन्दोलन हुन्छ।’

उक्त जनआन्दोलनले लोकतन्त्रका विरोधीहरूलाई बढार्ने विश्वास लिएको पनि प्रचण्डको भनाइ छ। उनले भने, ‘सरकारले दिउँसै रातपार्ने काम गर्यो । सरकारले जनविरोधी काम गर्यो र त्यसैको फलस्वरुप हामी सडकमा छौ र अर्को जनआन्दोलन हुन्छ।’

पञ्चहरूले भएभरका मान्छेलाई पैसा दिएर ल्याएर पञ्चर्‍याली गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिलेको पनि सरकारले यस्तै गरेको मलाई लाग्छ।’

प्रतिक्रिया