

इन्फ्राको मुनाफा संगै प्रतिशेयर आम्दानी पनि घट्याे, नेटवर्थ कति ?

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा घटेको छ । अधिल्लो वर्ष यसै अवधिमा बैंकले ४० करोड २७ लाख मुनाफा गरेको थियो । अधिल्लो वर्षकाे तुलनामा बैंकको मुनाफा १२.४५ प्रतिशतले घटेको हो ।
बैंकले पुष मसान्तसम्म ३५ करोड २२ लाख मुनाफा गरेको छ । यो अवधिमा बैंकको ब्याज मुनाफा समेत घटेको छ । बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ रहेको छ।
१२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ। यस अवधिमाबैंकको जगेडा कोषमा ४९.६६ प्रतिशत बढेको हो।
पुष मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २९.८० प्रतिशत बढ्दा कर्जा १७७.०५ प्रतिशत बढेको हो।
मुनाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ ७१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ।

