सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता


काठमाडौं –  स्कटल्यान्ड विरुद्धको म्याचमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

लामिछानेले आफ्नो दोस्रो ओभरमा स्कटल्यान्ण्डका विस्फोटक ब्याटस्म्यान जी मुन्सेलाई बोल्ड गरेका थिए भने त्यसलगत्तैको बलमा रिचि बेरिङटनलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

त्यसअघि उनले काइली कोट्जेरलाइ पनि एलबीडब्लुको धरापमा पारेका थिए । अहिले स्कटल्यान्ड १४ ओभरमा ९० रन बनाएर ३ विकेट गुमाएर खेलिरहेको छ ।

यससँगै सन्दीप ह्याट्रिकको नजिक रहेका छन् ।

प्रतिक्रिया