अध्यागमनको सर्भरमा समस्या आएपछि उडान प्रभावित


काठमाडौं – अध्यागमन विभागको सर्भरमा पुन समस्या देखिएको छ । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार इन्टरनेटमा समस्या देखिएकाले सर्भर डाउन भएको हो ।

सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएका छन् । २ घण्टा बढी सर्भर डाउन भएसँगै उडान अवरुद्ध भएका हुन्। अहिले सर्भर चल्न थाले पनि सहज रुपमा चलाउन नसकेको पाण्डेले बताए ।

अब विस्तारै चलन थालेकाले उडान सामान्य हुन केही समय लाग्ने बताइएको छ । सर्भर नचल्दा विमानस्थलमा यात्रुको भीडभाड बढेको छ।

प्रतिक्रिया