पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन


काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको (सोमबार) आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् ।

उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

प्रतिक्रिया