प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल भइरहेको बालुवाटारस्थित प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा देउवा र प्रचण्डबीच निर्णायक छलफल भइरहेको छ ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया