पोखरामा यात्रुवाहक बस दुर्घटना, ४५ जना घाइते


पोखरा – पोखरामा  बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

बेगनास-पोखरा सडकखण्डमा ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिकै शिशुवा भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बसमा करिब ४५ जना सवार रहेको बताइएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ । बसमा सवार सबै यात्रु भएकाे घाइते हुनसक्ने प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया