नेपालले पायो जितका लागि २७५ रनको लक्ष्य


काठमाडौं – नामिबियाविरुद्धको जितका लागि नेपालले २७५ रनको लक्ष्य पाएको छ ।

निर्धारित ५० ओभरको खेलमा नामिबियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २७४ रन बनाएको छ ।

टस हारेर नामिबियाका जाने ग्रीन र रुबेन तुम्पेलमाले उत्कृष्ट ब्याटिङ गर्दै नामिबियाको रन स्कोर उच्च बनाएका थिए । उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।

पीकीं या फ्रान्सले ४९ रन बनाए ।

लोहार्ड लौरेन्सले ४१ तथा  माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५१५ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।

त्यस्तै करण केसीले १ विकेट लिए भने दुई रन आउट भएका थिए ।

प्रतिक्रिया