

विश्वकप लिग टूमा ५० विकेट पूरा गर्ने नेपालका पहिलो खेलाडी बने सन्दीप

काठमाडौं – विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।
२०१९ देखि सुरु भएको विश्वकप लिग टूमा लामिछानेले २२ खेल खेलेका छन् ।
लामिछानेले आजको खेलमा ३ विकेट लिईसकेका छन् । नेपालले ३६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय ३४ रन बनाएको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र , नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गरिरहेको छ । ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

