
प्राध्यापक डा. मोहन हिमांशु थापाको निधन
काठमाडौं — त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्व विभागाध्यक्ष प्रा डा मोहनहिमांशु थापाको देहान्त भएको छ ।
८६ वर्षीय थापा लामो समयसम्म त्रिविका साथै पाटन बहुमुखी क्याम्पसमा पनि अध्यापन गरेका थिए ।
उनको आजै दिउँसो १ बजे आर्यघाटमा दाहसंस्कार हुने जानकारी पारिवारिक स्रोतले जनाएको छ ।



कागजपत्र |
